सांसद कोषको रकम कोरोना कोषमा खर्च गर्न मिल्ने मन्त्रीपरिषदको निर्णय



सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)मा खर्च नभएको रकम कोरोना रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा . युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित स्थानीय तहमा कोरोना रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय भएको जानकारी दिए।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गरी खर्च नभएको रकम कोरोना रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको हो।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार आर्थिक वर्ष २०७६०७७ मा छुट्याइएको रकममध्ये खर्च नभएको रकम असार १५ गतेभित्र सम्बन्धित स्थानीय तहमा रहेको कोरोना व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्नुपर्ने छ।

प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार  ११ : २२ बजे