मंसिर ५, काठमाडौं–
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री , सचिव र कर्मचारीहरुले जनअपेक्षाअनुसार काम नगरेकोमा आक्रोश ब्यक्त गरेका छन ।
आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको प्रथम चौमासिक समिक्षा बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्री, सचिवहरु र कर्मचारीहरुका कारण काम प्रभाबकारी हुन नसकेको र सरकारको गती सुस्त भएको बताए । काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने भन्दै प्रधानमन्त्री ओलिले दृढ भएर काममा जुट्न सबै लाई आग्रह गरे ।
कर्मचारीहरुको पुरानै ढाँचा, पुरानै बानी नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्दै अब सरकारलाई यस्तो मान्य नहुने बताए ।
‘