पछिल्लो २४ घण्टामा देशमा १ सय १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिए ।
शुक्रबार काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो
हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ११ जना घर फर्केका छन् । धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










