पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ६१ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिए ।
पछिल्लो पटक स‌ंक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५५ जना, पाल्पा र जुम्लाका ४४ जना रहेका छन् ।

त्यस्तै धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २२ जना संक्रमित भेटिएका छन् ।तेस्तै झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

उनका अनुसार हालसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् भने ६ हजार ६ सय ९५ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार  ११ : ४९ बजे