गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारको नियन्त्रणमा



गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।

अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार  १२ : ३३ बजे