रुपन्देहीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु



रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार  ४ : ५० बजे