पश्चिमी बायु सकृया हुँदा मौसम बद्लिदै



मङ्शिर १९, काठमाडौं ।

पश्चिमी वायुको प्रभाव परेसंगै बुधबार बिहानदेखि उपत्यकासहित देशभरको मौसममा बद्ली भएको छ । मौसमले दिन भरि नै असर गर्न सक्ने र्मासम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् ।

उनले भनिन्, ‘दिनभर मौसम खुल्ने सम्भावना छैन ।’ उनका अनुसार राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्न सक्नेछ ।

मौसमले केही दिन दुःख दिन सक्ने उनले बताइन् । उपत्यकासहित देशभरकै तापक्रम पनि घटेको छ ।

मौसममा आएको खरावीका कारण भिजिबिलिटी कम हुँदा हवाई क्षेत्रमा असर परेको छ । उडान कम भएका छन् ।

प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार  ४ : ०८ बजे