काठमाडौं उपत्यकामा ४५४ जना सहित १३ सय ५९ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जानकारी दिए ।

तेसै गरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ४ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३८६, ललितपुरमा ३६ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्।

आजसम्म २५ हजार ५ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।

आज १३ सय ५४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  १० : ४४ बजे