देशलाई बामदेब चाहिएको कि कुलमान ? पूर्व प्रधानमन्त्री भट्टराइ



पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले बामदेबलाई राष्ट्रीयसभामा लाने तर कुलामान घिसिङलाई बिधुत प्राधिकरणमा कार्यकाल थप नगर्ने सरकारको निर्णय प्रती कटाक्ष गरेका छन ।

मन्त्रीपरिषदको निर्णयप्रती सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै उनले ओलि सरकारलाई कथाको लाटोबुंगो सगा तुलना गर्दै भनेका छन ‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो!ओली सरकार त्यसैको अवतार जस्तो छ।आम नागरिकमिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ’

भट्टराइले ओलि सरकारले जनभाबना बिपरित काम गरेको आरोप लगाएका छन ।कुलामान घिसिङलाई बिधुत प्राधिकरणमा कार्यकाल थप नगर्ने सरकारको निर्णयप्रती पछिल्लो समय आम नागरिकहरुले पनि असन्तुष्टी ब्यक्त गरिरहेका छन ।

प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार  ५ : ३८ बजे