शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त, युवराज खतिवडा अमेरिकाका लागि राजदुत



सरकारले परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

मुख्यसचिवमा राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूतका लागि सिफारिश भएका छन् । उनले आजै राजीनामा दिएका थिए । ३ कात्तिकमा सेवानिवृत्त हुने भएपनि वैरागीलाई मुख्यसचिव बनाउन उनको राजीनामा आएको हो ।

यसैगरी पूर्व अर्थमन्त्री डा . युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिश भएका छन् । खतिवडा तीन हप्ता अघि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक मामला विशेष सल्लाहकार नियुक्त भएका थिए

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहिबार  ६ : ४३ बजे