छिटै चार नयाँ हावाइ गन्तव्यमा उडान थाल्दै नेपाल एयरलाइन्स



काठमाडौं मंसिर, २४–

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँअ गन्तब्यमा उडान गर्ने उद्देश्यका साथ नयाँ वाइड बडी ज हाज ल्याएको लामो समय पछी नयाँ हावाइ गन्तब्यमा उडान शुरु गर्ने भएको छ । निगमले सन् २०१९ को फेब्रुअरी, मार्च, अप्रिल र मे महिनामा थप चार वटा नयााँ गन्तव्यमा उडान गर्ने घोषणा गरेको हो।

‘फेब्रुअरी पहिलो सातादेखि जापानको ओसाका उडानको तयारी पूरा भएको र मार्चमा चीनको गोङ्जाओ उडान सुरु हुने निगमका प्रबक्ताले बताएका छन ।

निगमलाई इयूको कालोसूचीले पनि असर गरेको भय पनि पनि निगमले चार नयाँ गन्तव्यमा त्यहाँको नागरिक उड्ड्यन प्राधिकरणको सहमतिमा उडान गर्न लागेको हो।

निगमले जापानको ओसाका र चीनको गोङ्जाओ उडानको तयारीसँगै कोरिया र साउदी अरबको उडान तयारी पनि थालेको छ। निगमले आगमी अप्रिलदेखि साउदी अरब र मेदेखि कोरिया उडान गर्ने घोषणा गरेको हो।

प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार  ७ : १२ बजे