काठमाडौंमा ९७३ सहित १९ सय १३ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९ सय १३ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ४ हजार २ सय ४२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ४२८ महिला र ५४५ पुरुष रहेका छन् ।

आज २३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  ११ : ५६ बजे