पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४ सय ७४ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।
आज १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख १४ हजार ५ सय २१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।










