वसन्तपुरमा चीर ठड्याइयो , फागु पर्व सुरू



बसन्तपुरमा चीर ठड्याइएसगै रंगहरूको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरु भएको छ।बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।

करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ। रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागु पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु वा होली पर्व सकिने मान्यता छ।

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ ।

बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको छ। फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ।

 

प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार  ५ : ३४ बजे