प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन ०७७ पेस गर्ने बारे समेत सूचनामा उल्लेख गरेको छ ।








