सांसदबाट हटाइएका चार जनाको मन्त्री पद पनि नरहने



नेकपा माओवादी केन्द्रका चार सांसदको प्रतिनिधिसभा सदस्य (सांसद) पद आजबाट खुस्किएको छ।

सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै उनिहरुको सांसद पद खुस्किएको हो।

सभामुख सापकोटाले आजको बैठकमा अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

सांसद पद खुस्केसगै उनिहरु को मन्त्री पद पनि गुमेको छ।संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ ।

उहाँहरू सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्नुभयोु, पूर्वसभामुख एवम् प्रतिनिधिसभामा सत्तारूढ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेको चार सांसदलाई कारबाही गरेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : चैत्र २६, २०७७ बिहिबार  १० : १३ बजे