कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पशुपति नाथमा नियमित नित्य पूजा बाहेक सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ । वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बिहीबार ‘जरुरी सूचना’ जारी गर्दै नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।








