शुक्रबार थप २२९९ जनामा संक्रमण पुष्टि, ३४ ले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा २२९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३४५१ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५६६ जनाको पिसिआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी १० हजार ५९६ परीक्षण गरिएको थियो ।नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन परीक्षणबाट ३६ हजार ७५५ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ६ लाख ३ हजार ६०० संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार १७९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार  ५ : ३३ बजे