क्यानले आयोजना गर्ने सम्पुर्ण खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्ने



नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने संझौता भएको छ ।डिश मिडिया नेटवर्क का प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच श्रावण ८ गते सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पि ।एम कप तथा मेयरर्स कपका महिलापुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।आगामी दिनमा क्यानद्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुरयाउने बताउनुभएको छ ।

प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार  ११ : ३६ बजे