नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले राजनीतिमा आउन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै पारसले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका हुन् ।
उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । संघमा आफ्नो कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’
उनले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्याउने योजना रहेको पनि सुनाए । क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने उनले बताए ।










