अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्। मेसी हालै बार्सिलोनाबाट बिदा भएका थिए ।
पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले ३५ मिलियन युरोमा दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार पिएसजीले अब चाँडै मेसीलाई अौपचारिक रुपमा सार्वजनिक गर्नेछ।
बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका हुन्।










