नेपालको टी-२० वरीयता १३ स्थानमा



नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरियता एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को नयाँ वरीयताअनुसार नेपाल टी-२० वरीयतामा १३औं स्थानमा आइपुगेको हो ।

यसअघि नेपाल टी-२० वरियतामा १२औं स्थानमा रहेको नेपाल एकदिवसीय वरीयतामा भने १६औं स्थानमा छ। वैशाख पहिलो साता त्रिदेशी कप खेलेयता नेपाली टिमले कुनै पनि खेल खेलेको छैन।

टी-२० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ। अस्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र बंगलादेश दसौं स्थानमा छ।

प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार  २ : २८ बजे