साफ च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम कतारतर्फ



नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान गरेको छ। आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार विहान कतार प्रस्थान गरेको हो ।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने गत सोमबार नै कतार गएका थिए। नेपालले यसअघि गत साता भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

पहिलो खेल १(१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा नेपाल २(१ ले पराजित भएको थियो।

कतारमा १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न उतैबाट माल्दिभ्स जानेछ।

तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  १ : ०१ बजे