काठमाडौं माघ, १८–
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ । नेविसंघले बिभिन्न माग राखी सरकारको बिरोधमा कालो झण्डा उडाएको हो ।
सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले माग पूरा गर्न दवाव दिनलाई आफूहरुले बेलुनबाट नारा लेखिएको कालो ब्यानर सिंहदरबारमा उडाएको बताए ।
यसअघि नेविसंघले एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्ने गरेको थियो ।