गठबन्धन सरकार सञ्चालन: पाँच दलीय समन्वय समितिको बैठक जारी



गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा।बेदुराम भुसाल, काँग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन् ।

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  ११ : ०४ बजे