नेपाल पनि जोखिम: नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि



छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण सङ्क्रमण बढिरहेकाले नेपालमा पनि जोखिम निकै बढेको छ।नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस(जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु ९२२५० एस-जिन नेगेटिभ पत्ता लागेको छ । एस-जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा भेरिएन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  १ : २८ बजे