आज राताम्यै देखियो नेप्से



काठमाडौं फागुुन, १४–
नेप्सेमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहिरो गएको छ । नेप्से आज सात दशमलव १७ अंकले घटेर ११ सय दुुई दशमलव ५६ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ५६ अंकले घटेर दुुई सय ३४ दशमलव २२ झरेको छ । एक सय ६५ कम्पनीहरुको तीन हजार छ सय ८१ वटा कारोबारमा छ लाख ५३ हजार २८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम १६ करोड ५६ लाख ७२ हजार दुुई सय ८५ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा १० वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । वाणिज्य बैंक समुहको सुचक चार दशमलव ६९ अंकले घटेर नौ सय ४३ दशमलव ७३ अंकमा पुुगेको छ भने बिकास बैक समुहको सुचक पनि चार दशमलव ७२ अंकले घटेर १४ सय नौ दशमलव ५२ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोबार सुचक पनि घटेर रातै भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज नेशनल हाईड्रो पावर कम्पनी, पुुर्णिमा बिकास बैंक आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, नाडेप लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी रकम कारोबार भएका आधारमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नबिल बैैक आदि परेकाछन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  १० : १७ बजे