प्रेस चौतारी काठमाडौंको अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने



नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ । बिहान १० बजे बागबजारमा हुने अधिवेशनको उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार  ८ : १२ बजे