काठमाडौं फागुन, १७–
नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकार संकटमा पर्दै गएको बताएका छन् ।
रामेछापको मन्थली नगरपालिका ९ पुरानागाउँमा तत्कालीन माओवादीले हत्या गरेका कांग्रेस नेता टीकाराज आरणको अर्धकदको सालिक बिहीबार अनावरण गर्दै भने, ‘हामीले ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धि गुम्ने डर छ ।’
सभापति देउवाले भने, ‘वर्तमान सरकारले दुई तिहाईको दम्भमा प्रजातान्त्रिक अधिकार विधेयकमार्फत खोस्न प्रपञ्च गरिरहेको छ ।’
उनले संविधानमार्फत प्राप्त प्राप्त अधिकार रक्षाका लागि जस्तो सुकै लडाइँ र त्याग गर्न कांग्रेस तयार रहेको बताए ।
सभापति देउवाले सहिदको सपना कांग्रेसले पूरा गर्ने बताए । कांग्रेस नेता आरणलाई २०५७ साल फागुन १६ गते घरबाटै अपहरण गरी गोली हानी हत्या गरिएको थियो ।
सहिद टीकाराज आरण स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कांग्रेसका जिल्ला नेताहरुले स्व। आरणले स्थानीय बासिन्दाहरुको लागि धेरै विकासका क्रियाकलाप सञ्चालन गरेको स्मरण गरे ।