डोलेश्वरबाट बिदा भए साधुसन्त, दक्षिणा दिइयो



शिवरात्री मनाउन भक्तपुरको डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तलाई बिदाई गरिएको छ ।महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा दिएर बिदाई गरिएको हो ।

डोलेश्वर दर्शन गर्न यो वर्ष दुई सय २४ साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताए ।

क वर्गका साधुसन्तलाई १ हजार १ सय, ख वर्गलाई ७ सय र ग वर्गलाई ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, एक थान धोती प्रदान गरिएको उनले बताए ।

डोलेश्वरमा महाशिवरात्रि पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्त आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराकोसमेत व्यवस्था गरिदिएको थियो ।

प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार  १० : ०९ बजे