दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौजले घेरा गरेको सो सहरमा निरन्तर गोलाबारी र बम हमला भएका छन् । मारिओपोलमा हरेक ३० मिनेटमा गोलाबारी भइरहेको सो सहरका मेयरले बताएका छन् । सो सहरमा १२ सय जनाको मृत्यु भइसकेको छ । खाद्यन्नको अभावमा मानिसहरु भोकभोकै बाँच्न बाध्य भएका छन् । शहरका सडकमा मानिसका शव यत्रतत्र छरिएका विवरणसमेत सार्वजनिक भएका छन् । मारिओपोलमा बिगत ११ दिनदेखि पानी र बिजुली नभएको स्थानीयले बताएका छन् ।
रुसी सेनाले तीनवटा क्षेप्यास्त्रहरूले शुक्रबार मध्य शहर डिनिप्रोमा नागरिक भवनमा प्रहार गरेका थिए । हमलामा एउटा जुत्ता कारखाना ध्वस्त हुनुका साथै एक जना एक सुरक्षा गार्डको मृत्यु भएको थियो । रुसले २४ फेब्रुबरीमा युक्रेनमा आक्रमण गरेदेखि छिटपुट हमलामा परेको डिनिप्रोलाई यसअघि सुरक्षित आश्रय मानिएको थियो ।










