कांग्रेस धनुषा सभापतिमा निधीनिकट योगेन्द्र पजियार निर्वाचित



नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनि निर्वाचित भएका हुन् । ।

शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भए । कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।

सन्तोष यादवलाई पराजित गर्दै नबनिर्वाचित सभापति पजियार विमलेन्द्र निधी समूहका हुन् भने पराजित सन्तोष यादव सभापति शेरबहादुर देउवा समूहका हुन् ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  ११ : १७ बजे