युक्रेनमा अघि बढ्ने रुसी प्रयास रोकिएकोअमेरिकाको दाबी,युद्ध अझै महिनौ चल्न सक्ने



भीषण बमबारी भइरहेको भए पनि युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनले जनाएको छ।उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ।

दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्।

यसैबिच पश्चिमा देशका कुटनितिज्ञ्हरुले युक्रेन रुस युद्द अझै महिनौसम्म चल्ने दाबी गरेकाअ छन ।युक्रेनी राष्ट्रपतिका सल्लाहकारले पनि युक्रेनमा जारी युद्ध मेको सुरुसम्म चल्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार  ११ : २५ बजे