चिनियाँ विदेशमन्त्री काठमाडौं आइपुगे



चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनि १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी काठमाडौं आइपुगेका हुन् ।

विदेशमन्त्री यीलाई परराष्ट्रमन्त्री डा। नारायण खड्काले विमानस्थलमै पुगेर स्वागत गरे । उनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा प्रस्थान गरेका छन् । शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार  ५ : ४१ बजे