रुस-युक्रेन युद्ध मत्थर हुने सम्भावना बढ्यो, रूसले कीभ क्षेत्रमा सैन्य गतिविधि कम गर्ने



रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ ।

वार्तापछि रुसी पक्षले सकारात्मक संकेतहरु मिलेको प्रतिक्रिया दिएको छ । लगत्तै रुसले युक्रेनी राजधानी किभमा सैन्य फौजको सक्रियता घटाउने निर्णय गरेको छ ।

यसअघि नै रुसले किभभन्दा अन्यत्र सक्रियता बढाउने निर्णय लिएको थियो ।रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार जानकारी गराएका छन् ।

रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएका समय रूसको उक्त निर्णय सार्वजनिक भएको हो ।

टर्कीको इस्तानबुलमा भएको मस्को–कीभ शान्ति वार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् ।

मङ्गलबारको वार्तामा यूक्रेनको तटस्थता र गैर आणविक स्थितिका साथै यूक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताएका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार  ९ : ०९ बजे