तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् ।
भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।
देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन् ।
उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
Pleased to call on PM @SherBDeuba of Nepal during his official visit to India.
Confident that this visit will further strengthen our close neighborly relations. pic.twitter.com/ozpQSrtWk9
— Dr. S. Jaishankar (@DrSJaishankar) April 1, 2022














