हेटौंडा उपमहानगरपालिका(६ को एउटा सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् ।बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वडास्थित बीचहात्तिलेटबाट रामनगर सम्म जोड्ने सडकको निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेका हुन् ।
वडा कार्यालयसँगको समन्वय बिना एमाले ६ नम्बर वडाका स्थानीय नेताहरूले पूर्वमुख्यमन्त्री पौडेलबाट सडकको उद्घाटन गराएको भन्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले विज्ञप्ती मार्फत विरोध जनाएका छन् । सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन भएपछि यसको विरोध हुन थालेको छ । टोल विकास संस्थालाई समेत खबर नगरी अनावश्यक राजनीति गर्दै निर्माण भैरहेको सडक उद्घाटन गरिएको स्थानीयको आरोप छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को २०७५र०७६ र ०७६र७७ को सिलिङ बजेटबाट विनियोजित रकम र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्र विकास कोषबाट रकम प्राप्त भई वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरेको र समितिले काम नगर्दा बजेट फ्रिज भएपछि वडाकै पहलमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७८र०७९ मा ठेक्कामार्फत काम भइरहेको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।
भर्खरै कालोपत्रे भएको र बजेट फरफारक समेत नभई हस्तान्तरण नभएको सडक एमालेले वडा कार्यालयलाई उपेक्षा गरी उद्घाटन गरेको विज्ञप्तीमा उल्लेख छ ।‘निर्माण सम्पन्न भए पश्चात सल्लाहमै उद्घाटनका लागि पूर्वमुख्यमन्त्री पौडेललाई नै बोलाउँदा पनि हुन्थ्यो,’ वडा अध्यक्ष चौलागाईले भने, ‘म विकास विरोधी होइन । जसले उद्घाटन गरे पनि वडाकै विकास हुने कुरा हो । तर यहाँ अनावश्यक राजनीति गरियो ।’सडकको दायाँबायाँ ढल निर्माण पनि भएको छैन ।