औरही गाउँपालिकाकी उपाध्यक्ष यादवसहित दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, जसपालाई झटका



सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ ।

गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएकि थिइन् । ।

उनले केहीदिन अगाडी पार्टी परित्याग गरेको घोषणासमेत गरेकी थिइन् । उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव शैलेन्द्र यादवले जनाए।

यो पटक पुनः उपाध्यक्षको टिकट नदिने भएपछि उनले जसपा छाडेको बताइन्छ ।  कांग्रेस केन्द्रीय सदस्य दिनेश प्रसाद यादव र जिल्ला सभापति रामचन्द्र यादवले उनलाई फूल माला र अबिर लगाई पार्टीमा स्वागत गरेका हुन् ।

प्रकाशित मिति : चैत्र २७, २०७८ आईतबार  ८ : २४ बजे