शहबाज शरिफ बने पाकिस्तानको नयाँ प्रधानमन्त्री



पाकिस्तानमा शहबाज शरिफ देशका २३औँ प्रधानमन्त्री निर्वाचित भएका छन्।उनले तल्लो सदन न्याश्नल असेम्ब्लीमा १७४ मत पाएका थिए भने पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाएनन्।

त्यसअघि इमरान खान सहित पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन न्याश्नल असेम्ब्लीमा राजीनामा घोषणा गरेका थिए।

सन् २०१८ मा इमरान खान सत्तामा आउनुअघि ७० वर्षीय शरिफले पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्रीका रूपमा काम गरिसकेका छन्।पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएलएन)को नेतृत्व गर्ने उनले प्रभावकारी र मिहिनेतसाथ काम गर्ने व्यक्तिको रूपमा ख्याति कमाएका छन्।उनलाई पूर्वाधारमा उल्लेख्य सुधार गरेको श्रेय समेत दिइन्छ।बिबिसिबाट

प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार  ६ : ४३ बजे