काठमाडौं फागुन २७–
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सीके राउतका कार्यकर्ताले आइतबार जनकपुरमा गरेको नारावाजीको विषयमा सरकारसँग जवाफ मागेका छन् । सोमबार कांग्रेस क्षेत्रीय समिति नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले राउतसँग सहमति गरेर सरकारले विखण्डनकारीलाई मान्यता दिएको दाबी गरे । सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको पौडेलको आरोप छ ।
उनले भने, ‘भाषणमा एकताको कुरा गर्ने ओलीले लिखित सहमतिमा विखण्डनकारीलाई मान्यता दिए ।’
पौडेलको प्रश्न थियो, ‘सरकारले राउतसँग जनकपुरमा नारा लगाउने सम्झौता गरेको हो ?’
फाल्गुन २७, २०७५ सोमबार
24
Shares








