नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयो, विधेयकमाथि दफावार छलफल सुरु



प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ ।

प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएको हो ।

शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो ।

अहिले नेपालको नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।

प्रकाशित मिति : श्रावण ६, २०७९ शुक्रबार  १ : ५५ बजे