शुक्रबार ६२३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या पाँच हजार २२४



पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार  ४ : ४९ बजे