१४ चैत्, काठ्माण्डौ-
प्रधानमन्त्री केपी शर्मा ओलि बेला बेला आफ्नै बोलिका कारण बिबादमा आइरहनछन ।अरु प्रतिको उनको कडा र रुखो बोली उनको पदिय मार्यादा अनुसारको नभएको भनेर राजनितिक, सामाजिक, बौद्दिक र अन्य बिभिन्न क्षेत्रबाट आलोचना भइरहन्छ ।
केहि दिन अघाडी एक कार्यक्रममा नेपाली कांग्रेसका प्रती प्रधानमन्त्री ओलिले गरेको टिप्पणिलाई लिएर नेपाली कांग्रेसले एक बिज्ञप्ती नै जारी गरेको छ ।कांग्रेसका तर्फबाट प्रबक्ता बिश्वप्रकाश शर्माले एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको टिप्पणिलाई हल्का र पदिय मर्यदा अनुसार नभएको उल्लेख गरेका छन भने आमाका अघाडी मावलिको बयान नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन ।
उनले बिज्ञप्तिमा कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजलाई सचेत समेत गराएका छन ।








