प्रदेश २ को एसईई परिक्षा स्थगित गर्ने सरकारको निर्णय



काठमाडौं चैत, १५–
प्रदेश–२ मा एसईईका बाँकी सबै परीक्षा स्थगित गरिएको छ । शिक्षामन्त्रालयले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै प्रदेश २ का बाँकी सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको हो । परिक्षा अगावै लगातार रुपमा प्रश्नपत्र बाहिरिन थालेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने जानकारी गरए ।
मन्त्री पोखरेलले भने, ‘स्थगित परीक्षा यसै महिनाभित्र हुने गरी तालिका प्रकाशित गर्छौं ।’
उनका अनुसार बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ । स्रोतका अनुसार २२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने तयारी छ ।

प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ जना परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएको थियो ।

मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए ।

प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार  २ : ४८ बजे