थप २०२ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ।

गत २४ घण्टामा देशभर २ हजार ६४ पीसीआर तथा १ हजार ७६९ एन्टिजेन परीक्षण भएको छ।

आइतबार ४६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ३१३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ४ : ४० बजे