काठमाडौं चैत, १७–
पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजमा कालो ब्यानर राख्दै ‘माफिया’ लेख्ने नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका छन् । केही कलेजहरुले नियमविपरित विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षामा सहभागी हुन बन्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका हुन् । प्रहरीले ब्यानर राख्दै ‘माफिया’ लेख्न नेतृत्व गर्ने नवराज त्रिपाठीसहित १० जनालाई पक्राउ गरेको हो ।
आइतबार रत्नराज्य स्कुल अगाडिको सडकबाट उनीहरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई नियन्त्रण पश्चात टेकु पुर्याएको छ ।
एपेक्स, एस, राजधानी, युनिग्लोब लगायतका कलेजहरुमा कालो ब्यानेर राख्ने र माफिया लेख्ने काम गरेको त्रिपाठीले बताए ।








