महाभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला जबराको बयान ?



काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।

बिहबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ११ पुनस् बयान हुने जानकारी ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् ।
प्रश्नहरु लामो भएकाले मसय लागको बताइएको छ ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार  ८ : २२ बजे