नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय भट्ट काठमाडौं ७ मा सिफारिस



नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय सुशील भट्ट काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुन सिफारिस  भएका छन्।

नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य रहेका युवा नेता भट्टले पार्टी केन्द्रसम्म आफ्नो पहुँच नभए पनि जनता र कार्यकर्तासँग पहुँच भएकोले प्रत्यक्षतर्फ चुनाव लड्नका लागि उम्मेदवारका लागि आवेदन दिएको बताएका छन्।

राजनीतिमा युवाहरू सक्रिय रहनुपर्ने र आगामी संसदमा पनि युवाको प्रतिनिधित्व हुनुपर्नेमा आफू सचेत रहेकोले अघि बढेको भट्ट बताउँछन्।

भट्ट नेविसंघको राजनितिमा रहदा ‘जहाँ स्कुल, त्यहाँ नेविसंघ’ अभियानको राष्ट्रिय संयोजक बनेका थिए भने उनि सामाजिक अभियानमा पनि सक्रिय रहँदै आएका छन् ।

प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार  २ : ४२ बजे