गृहमन्त्रीको निर्देशनपछि छुटे सुरक्षा गार्ड शेरजंग गुरुङ



काठमाडौं, २० भदौ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका भिएसएफका शुरक्षागार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त भएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पु¥याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएपछि गुरूङ हिरासतमुक्त भएका हुन् ।

गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा रिहा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारि दिए

क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।

प्रकाशित मिति : भदौ २०, २०७९ सोमबार  ८ : १४ बजे