सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदल बैठक मंगलबार पनि बस्ने भएको छ।
उनका अनुसार आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको छ।
कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुंगो लगाउने कार्कीको दाबी छ ।










